पीपीईले छोपेको पीडा
कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । महिनावारी भएकाले सेनेटरी प्याड लगाउनुपर्ने बाध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बाफिएर उकुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सिकार हुने डर छ ।
पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् । प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए ।
उनीहरूका अनुसार एक जनाले ३०र४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु १ बिरामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो युद्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्षणिक हुन्छ । उनीहरूलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन ।
औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिर कसले खिच्यो रु नर्स यमकुमारीलाई अलिअलि याद छ ।
थकाइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चेकअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जिस्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो । बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई कोभिड सर्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण