प्रदेश २ मा थप २ सय ७९ जना कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
जनकपुर । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९० महिला र १ सय ८९ पुरुष सहित २ सय ७९ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, नोबेल अस्पताल, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट २ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादव जानकारी दिए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३७ पुगेको छ ।
कोरोना संक्रमित भएकामध्ये पर्सामा ९१, धनुषामा ७३, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९, सर्लाहीमा ६ र अन्य प्रदेशका २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट सप्तरीका २४ वर्षीय, सिरहाका ७५, ४८ र ६१ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण