कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालियो
सोमबार, २० वैशाख २०७८, २२ : ३२
काठमाडौं । शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालिएको छ ।
संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले सोमबार बागमती किनारमै शव जलाएको छ । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।
उनले शवदाह गृहमा समस्या समेत आएको जानकारी दिए । लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको उनले बताए । आज मात्रै एक दर्जन शव यसरी जलाइएको उनको भनाइ छ । उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ । तस्वीरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण