मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालियो

सोमबार, २० वैशाख २०७८, २२ : ३२
सोमबार, २० वैशाख २०७८

काठमाडौं । शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालिएको छ ।

संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले सोमबार बागमती किनारमै शव जलाएको छ  । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।

उनले शवदाह गृहमा समस्या समेत आएको जानकारी दिए । लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको उनले बताए । आज मात्रै एक दर्जन शव यसरी जलाइएको उनको भनाइ छ ।  उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ । तस्वीरः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप