हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश
काठमाडौं । यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।
यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी खै कुन्नि कसलाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।
आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।
सानो भुलले कोराना सर्ने र बालक बृद्धलाई गाहे पर्ने समेत गीतमा उल्लेख गरेका आचार्यले उपचारको लागि अस्पतालमा ठाउँ नभएकोले छटपटिएर बस्नु भन्दा बेलैमा सचेत रहन समेत गीतमा आग्रह गरेका छन् ।
आचार्य पनि पहिलो लहर क्रममा कोरोनामा संक्रमित भएका थिए । संक्रमित हुँदाको पिडा र समस्या राम्ररी आचार्यले बुझेका छन् । ‘सर्वसाधारण कोरोना संक्रमित भए समस्या र पीडामा पर्नु नपरोस् भनेर आफुले सन्देश मुलक गीत बनाएको हो’ आचार्य भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण