प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २१ वैशाख २०७८, २० : ४४

जनकपुर । प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, सिरहा पिसिआर ल्याब र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९६ महिला सहित ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए । मंगलबार पर्सामा ८७, धनुषामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ६० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण