प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २१ वैशाख २०७८, २० : ४४
जनकपुर । प्रदेश २ मा थप ३ सय २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, सिरहा पिसिआर ल्याब र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९६ महिला सहित ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए । मंगलबार पर्सामा ८७, धनुषामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ६० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण