तेस्रोपटक मन्त्रिपरिषद विस्तार : थपिए तीन मन्त्री
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले मंगलबार नेकपा एमालेको तर्फबाट तीन मन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई दिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भोजप्रसाद श्रेष्ठलाई दिएका छन् । त्यस्तै धर्मबहादुर पाल श्रीवास्तव वनमन्त्री बनेका छन् । योसँगै मुख्यमन्त्री पोखरेलको नेतृत्वमा १० सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
यसअघि सोमबार कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
आइतबार पोखरेलले वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । मंगलबार नियुक्त गरिएका मन्त्रीलाई बुधबार विहान ११ बजे सपथ ग्रहण गराउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाएको घोषणा
-
विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको मन्तव्य (पूर्णपाठ )
-
इब्राहिम रईसीको मृत्युमा हमासले के भन्यो ?
-
विश्वासको मत लिँदा नाराबाजी भएपछि कांग्रेससँग रिसाए प्रधानमन्त्री
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल