वीर अस्पतालले करारमा माग्यो ३ डाक्टरसहित १ सय जना स्टाफ नर्स
बुधबार, २२ वैशाख २०७८, २० : २४
काठमाडौं । वीर अस्पतालले कोरोना संक्रमित बिरामी बढेपछि उपचारमा सहज बनाउन ३ चिकित्सकसहित १ सय नर्सको विज्ञापन खोलेको छ । बुधबार अस्पतालकी निमित्त निर्देशक डा. शान्ताकुमारी सापकोटाले सेवा करारमा पदपूर्ति गर्ने सूचना जारी गरेकी हुन् ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप बृद्धि भएकोले संक्रमितहरुको उपचार र हेरचाहका लागि हालका लागि ६ महिनाका लागि करारमा डाक्टर र नर्सका लागि दरखास्त आव्हवान गरिएको छ ।
क्रिटिकल केयर विशेषज्ञ वा क्रिटिकल केयरमा अनुभव प्राप्त एनेथेसियोलोजिष्ट नवौं तहको ३ जना र स्टाफ नर्स पाँचौ तहका १ सय जना मागिएको छ । परीक्षा दस्तुर नलाग्ने र तलब स्केल नेपाल सरकारले तोके बराबर हुनुका साथै ५० प्रतिशत थप गरेर दिइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण