ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन
बुधबार, २२ वैशाख २०७८, २१ : ११
फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ ।
बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ दिन निर्देशन दिएको छ । गत जनवरीमा क्यापिटल हिलमा भएको हिंसापछि पूर्व राष्ट्रपति ट्रम्पमाथि फेसबुक र इन्सटाग्रामले प्रतिबन्ध लगाएको थियो ।
बोर्डले ट्रम्पमाथि आजीवन प्रतिबन्ध लगाउनुलाई ‘अनिश्चित र मानकविहीन’ करार गर्दै अन्य प्रयोगकर्तालाई लागू हुने नियमजस्तै कारवाही हुनुपर्ने बताएको छ ।
यसबारे जवाफ दिन ६ फेसबुकलाई महिनाको समय दिएको छ । बोर्डले फेसबुकलाई आफ्नो नीतिगत सुधारका लागि सुझावहरु पनि दिएको छ ।
ट्रम्पलाई ट्वीटरले पनि प्रतिबन्ध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण