कर्णालीका सिडिओहरुलाई प्रदेश प्रमुखको फोन
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गरेका छन् । कर्णाली प्रदेशअन्तर्गत जिल्लाहरुमा रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई आज (बिहीवार) टेलिफोन गरी कोभिड १९ रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गरेका हुन् ।
उनले संक्रमण फैलिन नदिनका लागि भइरहेका निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारिन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड–१९ चेकजाँचको उपलब्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार, अस्पतालहरुमा अक्सिजनको अवस्था लगायतबारे कुराकानी गरेका छन् ।
टेलिफोनमार्फत कलौनीले विश्वभर महामारीको रुप लिएको कोभिड १९ प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरुले देखाएको क्रियाशीलताको प्रशंसा गरे । साथै संक्रमणबाट आफू पनि जोगिन सचेत गराए ।
कलौनीले नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरु नहुने भएकाले संक्रमण फैलने नदिने र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिए । संक्रमण फैलिन नदिन हाल कर्णाली प्रदेशका १० वटै जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण