बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण

बुधबार, ०६ साउन २०८३, १८ : ०१
बुधबार, ०६ साउन २०८३

सारांश

  • गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले चितवनको भूमि प्रशासन कार्यालयमा सार्वजनिक शौचालय पुनर्निर्माण गरी तातो चिसो पानी आउने मेसिन हस्तान्तरण गरेका छन्।
  • सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै शर्माले व्यक्तिगत पहलमा १० लाख रुपैयाँभन्दा बढीको लागतमा आधुनिक सार्वजनिक शौचालयको पुनर्निर्माण र तातो तथा चिसो पानी आउने मेसिन जडान गरिदिएका हुन्।
  • प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीको मर्म बुझेर गरिएको यस कार्यको प्रशंसा गर्दै सहयोगदाता शर्मालाई धन्यवाद ज्ञापन गरे।

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले चितवनको भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सार्वजनिक शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण गरेका छन् ।  यसैगरी तातो चिसो पानी आउने मेसिन पनि कार्यालयलाई हस्तान्तरण गरेका छन्। 

बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा एक कार्यक्रमका बीच ती संरचनाहरू हस्तान्तरण गरिएको हो।
लामो समयदेखि मालपोत कार्यालयमा आउने सेवाग्राहीहरूले शौचालय र स्वच्छ खानेपानीको अभावमा सास्ती खेप्दै आएका थिए। सेवाग्राहीको सोही समस्यालाई मध्यनजर गर्दै शर्माले व्यक्तिगत पहलमा १० लाख रुपैयाँभन्दा बढीको लागतमा आधुनिक सार्वजनिक शौचालयको पुनर्निर्माण र तातो तथा चिसो पानी आउने मेसिन जडान गरिदिएका हुन्।

rk sharma 1

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सेवाग्राहीको मर्म बुझेर गरिएको यस कार्यको प्रशंसा गरे। उनले भने, 'यहाँ खानेपानी र बाथरुमको व्यवस्थापन नहुँदा सेवाग्राहीले धेरै दुःख पाएको महसुस गरी हामीले गरेको आग्रहलाई स्वीकार गरेर उहाँले यो प्रबन्ध गरिदिनुभएको हो। यसका लागि हामी उहाँलाई धन्यवाद दिन्छौँ।'
सहयोगदाता आरके शर्माले आफ्नो गृह जिल्ला भएकाले चितवनको सामाजिक विकास र जनसेवाका काममा आफू सधैँ तत्पर रहने बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीय तहका पदाधिकारी, कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप