भारतमा कोरोनाको भयावहता दिन प्रति दिन बढ्दो, पछिल्लो २४ घण्टामा भेटिए सर्वाधिक ४.१४ लाख संक्रमित
भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै आँकडा हो । यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् । यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यसअघि ३० अप्रिलमा ४.०२ लाख र ५ मेमा ४.१२ लाख संक्रमित भेटिएका थिए ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ । यसमा पछिल्लो २४ घण्टामा ८१,६६३ को वृद्धि भएको छ । हाल ३६.४४ लाख संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो सात दिन भित्रै नै यसमा ३.८० लाखको वृद्धि भएको छ । कूल सक्रिय संक्रमितमा २७ लाख १० राज्यमा भेटिएका छन् ।
देशमा कोरोना महामारीको आँकडाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४.१४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,९२०
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.२८ लाख
हालसम्म संक्रमित भएकाहरुः २.१४ करोड
हालसम्म निको भएकाः १.७६ करोड
हालसम्म कूल मृत्युः २.३४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.४४ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण