भारतमा कोरोनाको भयावहता दिन प्रति दिन बढ्दो, पछिल्लो २४ घण्टामा भेटिए सर्वाधिक ४.१४ लाख संक्रमित

भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै आँकडा हो । यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् । यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यसअघि ३० अप्रिलमा ४.०२ लाख र ५ मेमा ४.१२ लाख संक्रमित भेटिएका थिए ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ । यसमा पछिल्लो २४ घण्टामा ८१,६६३ को वृद्धि भएको छ । हाल ३६.४४ लाख संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो सात दिन भित्रै नै यसमा ३.८० लाखको वृद्धि भएको छ । कूल सक्रिय संक्रमितमा २७ लाख १० राज्यमा भेटिएका छन् ।
देशमा कोरोना महामारीको आँकडाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४.१४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,९२०
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.२८ लाख
हालसम्म संक्रमित भएकाहरुः २.१४ करोड
हालसम्म निको भएकाः १.७६ करोड
हालसम्म कूल मृत्युः २.३४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.४४ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस