रौतहटमा शुक्रबारदेखि निषेधाज्ञा जारी
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रौतहटका प्रजिअ ईन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोक थामको लागि निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।
पसल तथा हाटबजार तत्काललाई सञ्चालनमा ल्याउन नपाइने रौतहट प्रशासन द्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना, पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिइएको प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला र बेहुलीसहित ब्यानर राखेर हिँड्न पाइने छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाएका छन् । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन । निषेधाज्ञाको बेवास्ता गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारवाहीको दायरामा ल्याइने उनले चेतावनी दिएका छ । बिहीबार साँझसम्म रौतहटमा कोरोना को कारण ९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या २५१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण