रौतहटमा शुक्रबारदेखि निषेधाज्ञा जारी

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रौतहटका प्रजिअ ईन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोक थामको लागि निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।
पसल तथा हाटबजार तत्काललाई सञ्चालनमा ल्याउन नपाइने रौतहट प्रशासन द्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना, पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिइएको प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला र बेहुलीसहित ब्यानर राखेर हिँड्न पाइने छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाएका छन् । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन । निषेधाज्ञाको बेवास्ता गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारवाहीको दायरामा ल्याइने उनले चेतावनी दिएका छ । बिहीबार साँझसम्म रौतहटमा कोरोना को कारण ९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या २५१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
-
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो
-
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत