प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक : सभामुख र प्रतिपक्ष दलका नेता जालान् ?
काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । उनले नाम उल्लेख नगर्ने शर्तमा विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए ।
उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।
अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो । नयाँ अध्यादेशअनुसार बहुमतका आधारमा परिषद्ले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ । केही दिनअघि मात्रै राष्ट्रपतिले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । यस पटक पनि दलहरुबीच कलह जारी रहेकै वेलामा बोलाएको परिषद बैठकमा सभामुख र प्रमुख प्रतिपक्ष दलका नेता सहभागी हुने सम्भावना कम रहेको स्रोतको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण