मुश्किलमा बित्यो शिल्पा शेट्टीको १० दिन, कोरोनाको चपेटमा आएको थियो पूरा परिवार
कोरोनाभाइरसको दोस्रो लहरले भारतमा विध्वंश मच्चाइरहेको छ । मुम्बई र महाराष्ट्रमा पछिल्लो दिन थुप्रै ठूला सेलिब्रिटी पनि यो रोगको चपेटमा आए । यसैबीच शिल्पा शेट्टीले पछिल्लो १० दिन आफ्नो परिवारका लागि निकै मुश्किल भएको जानकारी दिएकी छिन् । उनले कोरोनाका कारण आफूहरुको जस्तो स्थिति भएको थियो, त्यसबारे विस्तृत जानकारी दिएकी छिन् ।
छोरी–आमासमेत थुप्रैजना पोजेटिभः
शिल्पा शेट्टीले इन्स्टाग्राम अकाउन्टमा यसबारे पोस्ट लेखिन्, ‘पछिल्लो १० दिन हाम्रो लागि निकै मुश्किल रह्यो । मेरा सासु–ससुरा कोभिड द्वारा संक्रमित पाइए । त्यसपछि समिशा, वियान–राज, मेरी आमा र राज पनि यसको चपेटमा आए । आधिकारिक दिशानिर्देश र डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा आफ्नो कोठामा छन् ।’
शिल्पाको रिपोर्ट के छ ?
शिल्पाका अनुसार उनको कोभिड परीक्षण नेगेटिभ आएको छ । उनका घरका सहयोगी दुईजना पनि कोरोनाद्वारा पोजेटिभ देखिए । उनीहरुको पनि उपचार भइरहेको छ । सबैजना स्वास्थ्य लाभ गरिरहेको शिल्पाले जानकारी दिइन् ।
शिल्पाले थपिन्, ‘बीएमसी र अथोरिटीका अनुसार जे पनि प्रोटोकल र गाइडलाइन छन्, त्यसको हामी पालना गरिरहेका छौं । सबैले समयमा नै प्रतिक्रिया दिइरहेका छन् । सबैलाई समर्थन र प्रेमका लागि धन्यवाद ।’
यसका साथै शिल्पाले सबैलाई मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न र जतिपनि प्रोटोकल र गाइडलाइन छन्, त्यसको पालना गर्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘तपाईंको रिपोर्ट पोजेटिभ वा नेगेटिभ जे भएपनि सबैले निर्देशनको पालना गर्नुहोस् । तपाईंको मन र मस्तिष्कलाई सकारात्मक बनाउनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण