कोरोना संक्रमित एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको निधन
शनिबार, २५ वैशाख २०७८, २० : ५२
एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण चितवनको पुरानो मेडिकल कलेजमा आज निधन भएको छ । बर्दघाट वार्ड–२ बस्ने ६० वर्षका कँडेल केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । आज बिहान उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
पुर्ख्यौली घर गुल्मीबाट बसाईंसराई गरी नवलपरासी आएका कँडेल दिव्य ज्योति क्याम्पस व्यावस्थापन समिति पूर्व अध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्य समेत रहेका थिए ।
उनका २ छोरा र श्रीमती रहेका छन् । यस्तै नवलपरासी जिल्ला विकास समितिको पूर्व उपसभापति चिन्तामणि पोखरेलको पनि आजै काठमाडौँमा उपचारको क्रममा निधन भएको छ । उनको कोरोना नभइ अन्य रोगबाट निधन भएको नवलपरासी स्थानीय पत्रकार केशव पराजुलीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण