माधव नेपालबाट पार्टीलाई पछारिछाड्ने हानिकारक प्रयास भयोः ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहबाट आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको बताएका छन् । माधव नेपाल लगायतमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै ओलीले पार्टी आन्दोलनलाई कसैको स्वार्थपूर्ति वा त्यसको शिकार बनाउन नहुने बताएका छन् ।
संसदमा विश्वासको मत लिने पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने घातक प्रवृत्ति पार्टीमा देखापरेको भन्दै ओलीले पार्टी विरोधी कामलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै विश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी पार्टीलाई पछारि छाड्ने हानिकारक प्रयास भएको ओलीको गुनासो छ । उनले पार्टीलाई हानी बनाउने वा आन्दोलनलाई क्षतविक्षत बनाउने कुनै पनि क्रियाकलापमा पार्टीका इमान्दार नेता कार्यकर्ता संलग्न नहुने पनि विश्वास व्यक्त गरेका छन् ।
ओलीले भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र अनुरोध गर्दछु ।’
एमाले सबैले मिलेर बनाएको पार्टी भन्दै पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने क्रियाकलापमा संलग्न नहुने उनको विश्वास छ । उनले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखा पाखा वा पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण