संसदको कार्यसूची: विश्वासको मतबारे सोमबार नै छिनोफानो हुने
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ । बैठकले एकै दिनमा विश्वासको मतको छिनोफानो गर्ने कार्यतालिका बनाएको छ ।
सोमबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूची सार्वजनिक गर्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए ।
संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बैठकको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्या भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।
सोही दिन अर्को बैठक बस्नेछ र अविश्वास प्रस्तावको छिनोफानो हुने छ । कोरोना संक्रमण भएका सांसदहरुलाई मतदान गर्ने अलग्गै व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण