कोभिड–१९ विरुद्धको लडाइँमा प्रधानमन्त्री ओलीले खोजे दलहरूको साथ
सोमबार, २७ वैशाख २०७८, १३ : ५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाईमा दलहरूको साथ खोजेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको दोस्रो लहरबाट मुलुक आक्रान्त भइरहेको बताए । ‘हजारौं मानिस अस्पतालमा, हजारौं मानिस घरमै स्वास्थ्य लाभ गरिरहेका छन्,’ उनले भने, ‘कोभिड–१९ को रोकथाम र त्यसको उपचारमा सरकारको ध्यान केन्द्रित छ ।’
उनले यतिबेला कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने बताए । उनले यतिबेला स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्ने बुझ्ने गरी सबै एकजुट भएर कोभिड–९ विरुद्ध लागेको हुनुपर्ने भए पनि विविध कारणले त्यस्तो हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण