यो देशको राष्ट्रिय समस्या म कि तपाईं हो प्रधानमन्त्रीज्यू ? : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको विपक्षमा बोल्दै प्रचण्डले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।
उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण