ओलीले माधव नेपाललाई सम्झिए
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालको सम्झना गरेका छन् । उनले आफूले एक होटलबाट धरहरा हेर्दै गर्दा माधव नेपाल आइपुगेको र हेरेर राम्रो देखियो भनेको तर बाहिर गएर नेपालले अर्कै भाषण गरेको बताए ।
प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कतिपयले धरहरा नबन्दै उद्घाटन गरेको भन्ने टिप्पणी गरेको प्रति विमति जनाउँदै धरहरा बनिसकेको र नपत्याए हेर्न जान सांसदहरुलाई सुझाए ।
‘धरहरा बनेको छ परैबाट देखिन्छ, अस्ति एकजना मित्रलाई मैले होटलमा भेटघाट थियो । उहाँ नआइपुगेकाले मैले झ्यालबाट धरहरा हेर्दै थिएँ । यहाँबाट राम्रै धरहरा देखिँदो रहेछ भनेँ, उहाँले पछि भाषणै गर्नुभयो मलाइ धरहरा देखायो भनेर । धरहरा देखाउन नहुने कुरा हो र ?’, उनले भने , ‘मैले त सबै राम्रो देखिँदो रहेछ भनेर कुरा गरेको थिएँ ।’
आजको बैठकमा माधव नेपाल समूहको उपस्थिति रहेको छैन । जसका कारण र अरु दल समेतले सहयोग नगर्ने हुँदा ओलीले विश्वासको मत नपाउने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण