निषेधाज्ञामा पनि बैंकहरू ऋण लगानीमा आक्रामक, एक सातामा १५ अर्ब बाहिरियो
काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ । गत सातासम्म (बैशाख १७) ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४) १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी पनि गत सातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो । सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो । पहिलो चरणको कोरोना महामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । तर अहिले उद्योग धन्दाहरू आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण