सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित
मङ्गलबार, २८ वैशाख २०७८, १२ : १४
मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् । अभिनेता आफैले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।
उनले अगाडि भनेका छन्, ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरुले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’ जुनियर एनटीआर भन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्न भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
घरदैलोमै सामाजिक सुरक्षा भत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण