कार्की र चौलागाईको निधनमा काँग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो । प्रमुख सचेतक खाणले आज शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्व जिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २०१८ देखि काँग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतित गर्नुभएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले उनको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ ।
काँग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) का नेता पशुपति चौलागाईंका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रमुख सचेतक खाणले आज छुट्टै शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
चौलागाईं २०५६ सालमा दोलखाबाट प्रतिनिधिसभा सदस्य, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण