काँग्रेसको कार्यालयमा स्वास्थ्यकर्मीको अस्थायी आवास
बुधबार, २९ वैशाख २०७८, १५ : १२
बुटवल । नेपाली काँग्रेस रुपन्देहीको कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्थायी आवास गृह बनाइएको छ ।
भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवास बनाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
कोरोना महामारी बढ्दै गएको तथा अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भइरहेको अवस्थामा यसअघि नै काँग्रेस रुपन्देहीले दुईतले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोगमा ल्याइएको रज्जाकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण