नेताहरुलाई जीतुको प्रश्न– ‘अहिले नहेर्नेलाई भोलि जनताले जिताउलान् ?’

काठमाडौंँ । हास्य कलाकार जीतु नेपालले अहिलेको विषम परिस्थितिमा पनि जनतालाई साथ नदिने नेतालाई पछि जनताले जिताउलान् त भनेर प्रश्न गरेका छन् । जीतुले सामाजिक सञ्जालमा एक मार्मिक स्टाटस् पोष्ट गर्दै सम्पूर्ण नेताहरुलाई यो प्रश्न गरेका हुन् ।
‘जनतालाई अस्पतालमा बेड चाहिएको छ,अक्सिजन चाहिएको छ, उपचार चाहिएको छ, राहत चाहिएको छ, हौसला चाहिएको छ’ उनले अगाडि लेखेका छन् ‘सरकारलाई तारिफ चाहिएको छ, वा वा चाहिएको छ, गुणगान चाहिएको छ, चाकडी चाहिएको छ, नेताहरुलाई सहमती चाहिएको छ, कुर्सी चाहिएको छ, भागबण्डा चाहिएको छ । यस्तो विपतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडि, तानातान, तछाड र मछाड छ ।’
उनले अगाडि थपेका छन्–‘सहमति भन्या छ, करोडौंका सरकारी गाडीमा आगाडि पछाडि सुरक्षाको लर्को लेर हिँड्या छ, घरघरमा पुग्या छ, बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ, अब मेरो पालो भन्या छ ।’
उनले सबैलाई मेरो प्रश्न भनेर थपेका छन्– ‘देशमा यति विपत परेको बेलामा यस्ता बेहोरा देखाउँदा भोलि जनताले जिताउलान त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला
-
यो वर्ष वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य
-
अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु
-
सरस्वती प्रतीक्षाका तीन कविता
-
मनिकर कार्कीको किताब ‘अर्थदृष्टि’ बजारमा
-
सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक