नेताहरुलाई जीतुको प्रश्न– ‘अहिले नहेर्नेलाई भोलि जनताले जिताउलान् ?’
काठमाडौंँ । हास्य कलाकार जीतु नेपालले अहिलेको विषम परिस्थितिमा पनि जनतालाई साथ नदिने नेतालाई पछि जनताले जिताउलान् त भनेर प्रश्न गरेका छन् । जीतुले सामाजिक सञ्जालमा एक मार्मिक स्टाटस् पोष्ट गर्दै सम्पूर्ण नेताहरुलाई यो प्रश्न गरेका हुन् ।
‘जनतालाई अस्पतालमा बेड चाहिएको छ,अक्सिजन चाहिएको छ, उपचार चाहिएको छ, राहत चाहिएको छ, हौसला चाहिएको छ’ उनले अगाडि लेखेका छन् ‘सरकारलाई तारिफ चाहिएको छ, वा वा चाहिएको छ, गुणगान चाहिएको छ, चाकडी चाहिएको छ, नेताहरुलाई सहमती चाहिएको छ, कुर्सी चाहिएको छ, भागबण्डा चाहिएको छ । यस्तो विपतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुडि, तानातान, तछाड र मछाड छ ।’
उनले अगाडि थपेका छन्–‘सहमति भन्या छ, करोडौंका सरकारी गाडीमा आगाडि पछाडि सुरक्षाको लर्को लेर हिँड्या छ, घरघरमा पुग्या छ, बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाउ भन्या छ, अब मेरो पालो भन्या छ ।’
उनले सबैलाई मेरो प्रश्न भनेर थपेका छन्– ‘देशमा यति विपत परेको बेलामा यस्ता बेहोरा देखाउँदा भोलि जनताले जिताउलान त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण