सवारी साधनको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
बिहीबार, ३० वैशाख २०७८, १४ : ४८
रुपन्देहीको कन्चन गाउँपालिकाको–४ थकालीचोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।
बिहीबार बिहान ड्युटीमा रहेकै अवस्थामा उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार बिहान अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट थकालीचोकमा निषेधाज्ञाको चेकजाँचमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको दुर्घटनामा मृत्यु भएको हो । उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ घर भएका ३६ बर्षीय बुढा मगरको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण