गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लामा ५०६ जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा २१० जना, बागलुङमा १९९, नवलपरासी पूर्वमा ९१, म्याग्दीमा २८ जना रहेका छन् । त्यस्तै तनहुँमा २७, स्याङजामा १६, पर्वतमा ११, गोरखा र लमजुङमा २/२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २५ हजार ९५३ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ रहेको छ । हाल प्रदेशमा ७ हजार ३१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ८६८ रहेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचाररत थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण