लामो समयसम्म 'मिति नसकिने' यी ५ खानेकुरा
कहिलेकाँही भान्सामा खानेकुराको मिति सकिएका कारण फाल्नुपर्छ । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ ।
तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि पर्छन् ।
नुन
दैनिक खानामा प्रयोग हुने नुन कहिल्यै बिग्रिदैन । तर, लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु भने निश्चित हुने गर्छ ।
मह
महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले ब्याक्टेरियालाई सुख्खा बनाउँछ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन ।
सेतो चामल
सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन ।
चिनी
चिनी भान्सामा नभई नहुने खानेकुरामा पर्छ । चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन ।
पास्ता
रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण