भारतमा २४ घण्टामा ४ हजार संक्रमितको मृत्यु, संक्रमण दरमा भने केही सुधार
नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।
भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
गत जनवरीबाट खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण