पत्रपत्रिका
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार
शनिबार, ०१ जेठ २०७८, ०६ : २५
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।
विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो ।
जहाज नै उडान र अवतरण गरेर 'क्यालिब्रेसन फ्लाइट’ गरिने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।
'क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।
यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण