रुपन्देही काङ्ग्रेस पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई
नेपाली काङ्ग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवाद गृह बनाइएको छ । काङ्ग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तय गरेर बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।
कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अबस्थामा यस अघि नै काङ्ग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्य नजर गरि बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको नेता रज्जाकको भनाइ छ ।
आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य सस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण