गुल्मीमा पत्रकार महासंघको अक्सिजन अभियान, पूर्वमन्त्री विष्टद्वारा १० लाख सहयोगको प्रतिवद्धता
गुल्मी क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री गोकर्ण राज विष्टले नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानका लागि १० लाख रुपैयाँ सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन ।
आइतबार सामाजिक सञ्जालमार्फत विष्टले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘नेपाल पत्रकार महासंघको यो अभियानलाई सफल पार्न म १० लाख रुपैयाँ जुटाइदिने छु,’ रातोपाटीसँग उनले भने ।
गृह जिल्ला गुल्मीमा अक्सिजन अभाव हुन नदिन केही दिन अघिमात्र उनले अक्सिजन सहितको ४५ थान सिलिन्डर पठाएका थिए ।
नेपाल पत्रकार महासंघले सुरु गरेको अक्सिजन अभियान मार्फत संकलित रकमबाट जिल्लामा दीर्घकालीन रुपमै अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रस्ताव सरोकारवालाहरूले गरेका छन् ।
सोही अनुरुप गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुले जनही सहयोग संकलन गरेर झण्डै ९ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
संघका अध्यक्ष श्रीप्रसाद भलामीले १ लाख ७६ हजार सहयोग घोषणा गरेका छन् भने उपाध्यक्ष त्रय ईश्वरी प्रसाद पौड्याल, रामप्रसाद पन्थी र मृगेन्द्र प्रसाद श्रेष्ठले जनही १ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग घोषणा गरेका छन् ।
अक्सिजन अभियान अन्तर्गत पत्रकार महासंघमा झण्डै ३० लाख रकम संकलन भएको छ । गुल्मी सेवा समाज जापान समितिले अहिलेसम्म २० लाख संकलन गरिसकेको र संकलन कार्य जारी रहेको समितिका कोषाध्यक्ष चेतन अर्यालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले पालिकाहरुसँग पनि समन्वय गर्ने बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण