‘राधे’ लिक भएपछि भड्किएका सलमानले दिए चेतावनी, साइबर सेलले कारवाही लिने
सलमान खानको फिल्म राधे – योर मोस्आ वान्टेड भाइ इदको दिन रिलिज गरिएको छ । रिलिजका साथै फिल्मले ४.२ मिलियन भ्यूजको इतिहास रचिसकेको छ । एकातिर सलमानलाई आफ्नो फिल्मको यो उपलब्धिसँग खुसी छ, यस्तै अर्कोतर्फ पाइरेटेड साइट्समा आफ्नो फिल्म स्ट्रिम हुँदा उनी असाध्यै रिसाएका छन् । सलमानले ट्वीट गरेर पाइरेसीविरुद्ध आफ्नो रोष व्यक्त गरेका छन् ।
नायकले ट्वीट गरे, ‘हामीले तपाईंलाई फिल्म राधे २४९ भारुको निकै उचित मूल्यमा दियौं । यसको बावजूद पाइरेटेड साइट्स राधेलाई गैर कानूनी रुपमा स्ट्रिम गरिरहेका छन् जुन एक गम्भीर अपराध हो । साइबर सेलले यी पाइरेटेड साइट्सविरुद्ध एक्सन लिइरहेको छ । कृपया पाइरेसीमा समावेश नहुनु होस् नभए साइबर सेलले तपाईंविरुद्ध कारवाही गर्नेछ । कुरा बुझ्नुहोस् तपाईं साइबर सेलसँग निकै ठूलो समस्यामा फस्नु हुनेछ ।’
यूएईमा पहिलो दिन यति कमाईः
स्मरण रहोस्, राधे फिल्मलाई यूएईमा थिएटर्सको ५० प्रतिशत क्षमतासहित रिलिज गरियो । यहाँ ओपनिङ डेमा राधेले ३७९,००० अमेरिकी डलरको कमाई गर्यो । यो सलमान खानको पछिल्लो फिल्म ‘दबंग थ्री’ भन्दा बढी त हो ‘गोडजिला भर्सेस कङ्ग’ को तुलनामा बढी ओपनिङ डे कलेक्सन पनि हो ।
— Salman Khan (@BeingSalmanKhan) May 15, 2021
राधेको रिलिजमा सलमानका प्रशंसकले विदेशको सिनेमाघरदेखि स्ट्रिमिङ प्लेटफर्ममा अत्यधिक मात्रामा बुकिङ गरे । फलस्वरुप यो रिलिजको दिन सबैभन्दा हेरिने फिल्म बन्यो । यतिमात्रै नभई अत्यधिक संख्यामा लग इन गरेका कारण सर्भर डाउन क्र्यास भयो ।
राधेलाई आइएमडीबीको सबैभन्दा कम रेटिङः
फिल्मको कुरा गर्ने हो भने यसमा सलमान खानबाहेक दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्रोफ मुख्य भूमिकामा छन् । फिल्ममा टिभी अभिनेता गौतम गुलाटीले पनि भिलेनको महत्वपूर्ण भूमिका निभाएका छन् । कमाईको मामिलामा राधेले राम्रै काम गरेको छ तर आइएमडीबी रेटिङ हेर्ने हो भने सलमानको हालसम्मको सबैभन्दा कम रेटिङ भएको फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण