भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ
नेकपा एमालेका नेता भिम रावलले पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफलमा एमाले विवाद समाधान गर्न रावलसहित १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदल घोषणा भएपछि आइतबार साँझ नेता रावलले ट्वीटरमार्फत आफुले नेकपा एमालेको पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान र नियमावलीअनुसार जेठ २ को स्थितिमा अघि बढ्नुपर्ने भनेर आफुले फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन् ।
‘नेकपा(एमाले)को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ’ रावलले ट्वीटरमा भनेका छन्, ‘कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण