सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलले भने– पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ

आइतबार, ०२ जेठ २०७८, २० : १२
आइतबार, ०२ जेठ २०७८

नेकपा एमालेका नेता भिम रावलले पार्टी विवाद समाधानका लागि गठित कार्यदलमा पार्टी एकता एवं देशको हितका निम्ति पुरा प्रयास गर्ने बताएका छन् ।  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको छलफलमा एमाले विवाद समाधान गर्न रावलसहित १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदल घोषणा भएपछि आइतबार साँझ नेता रावलले ट्वीटरमार्फत आफुले नेकपा एमालेको पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान र नियमावलीअनुसार जेठ २ को स्थितिमा अघि बढ्नुपर्ने भनेर आफुले फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन् । 

‘नेकपा(एमाले)को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ’ रावलले ट्वीटरमा भनेका छन्, ‘कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप