काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा
काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ ।
दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण