शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाङमा  र गुल्मीका गरी १५ जनाको कोरोनाबाट मृत्यु

आइतबार, ०२ जेठ २०७८, २१ : २२
आइतबार, ०२ जेठ २०७८

कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिए । 

यसैगरी दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडाैं, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप