योगेश भट्टराईको समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री
सोमबार, ०३ जेठ २०७८, १८ : २१
नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ ।
उनका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताए ।
ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा.सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो । ताप्लेजुङ भट्टराईको गृहजिल्ला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबिच छुट सम्झौता
-
कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल
-
नयाँ सरकार गठनको आह्वान भए तत्काल दाबी पेस गर्ने तयारी
-
कोशीका मुख्यमन्त्री कार्कीलाई गठबन्धनको काउन्टर
-
भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने
-
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने