जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु
मङ्गलबार, ०४ जेठ २०७८, ०९ : ५०
कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ ।
साथै, जिपमा २ जनामात्रै सवार रहेको जनाइएको छ भने मृतकको उद्दार कार्य र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु भईरहेको प्रहरी कार्यालय दैलेखको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण