एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए ।
‘कार्यदलको बैठक तीन बजे सिंहदरबारमा बस्ने कुरा भएको छ’ पन्तको भनाइ छ । यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण