चाँगुनारायणबाट जुवा खेल्ने ७ जना पक्राउ
मङ्गलबार, ०४ जेठ २०७८, १३ : ४९
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुछापमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मीना तामाङको घरमा जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।
पक्राउ पर्नेमा ३४ वर्षीय अरुण गुरुङसहित ७ जना रहेका छन् । जुवा खेलाउने घरधनी मीना तामाङ फरार छिन् । जुवा खालबाट प्रहरीले ८२ हजार नगद र ६ बुक तास बरामद गरेको छ । सोमबार साँझ पक्राउ परेका उनिहरुलाई कोभिड–१९ संक्रमणको कारण मुद्दा दर्ता गरेर हाजिर जमानीमा छाडिने एसपी थापाले बताइन् ।
‘जुवा खेल्नेहरूलाई हाजिर जमानीमा रिहा गरेर मुद्दा अगाडी बढाउँछौँ’ एसपी थापाले भनिन्– ‘कोभिड संक्रमणको जोखिमका कारण उनीहरुलाई रिहा गरेर मुद्दा प्रक्रिया अगाडी बढाउन लागिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण