प्रदेश २ मा मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन
प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा सबैभन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको आजको बैठकले पछिल्लो समय प्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकले कोरोना संक्रमितको उपचार भइरहेको प्रदेशका सरकारी तथा निजी अस्पतालको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहका अध्यक्षतामा विज्ञ समूह गठनसमेत गरेको छ ।
‘निषेधाज्ञा’मा अभ्यस्त बन्दै जनकपुरधाम
कोरोना भाइरस महामारीको दोस्रो लहरले निम्त्याएको विपत्तिको रोकथाम र नियन्त्रणका लागि चौतर्फी सतर्कताका लागि स्थानीय प्रशासन÷सरकारले जारी गरेको ‘निषेधाज्ञा’मा जनकपुरधामवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । गत वैशाख २१ गते जारी निषेधाज्ञाका शुरुमा स्थानीयवासी त्यति वास्ता नगरे पनि अहिले केही दिन यताका निकै प्रयासबीच अभ्यस्त हुँदै गएका हुन् ।
जनकपुरधामका मुख्य भानु चोक, शिव चोक, विद्यापति चोक, पिंडारी चोक, रमानन्द चोक, जनक चोक, जानकी चोकलगायत क्षेत्र ठप्प रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले भने ।
‘पूरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ’, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने, ‘अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोही बमोजिम गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण