श्रीमती हत्याको अभियोगमा श्रीमानसहित ४ जना पक्राउ
मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा शव फेला परेको थियो ।
घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताए ।
उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिए । तर पनि अहिले नै उनको कसले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण