शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दलले रिट दायर गर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दलहरुले सर्वोच्चमा रिट दर्ता गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दलीय गठबन्धनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सामेल थिए ।
प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेको विपक्षी चार दलको तर्क छ ।
प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरु प्रदेश प्रमुखसँग रुष्ट छन् । आफूहरुले बहुमतको दावीसहित दिएको निवेदनलाई उपेक्षा गर्दै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाइएको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण