बादल हटेपछि ईश्वर पोखरेललाई गृहमन्त्री बन्ने बाटो खुल्यो
सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । उपप्रधानमन्त्री पोखरेलले यसअघिदेखि नै गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका थिए ।
सर्वोच्च अदालतले गैर सांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि बिहीबारदेखि नै बादलसहित पूर्व माओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् ।
बिहीबारै भएको राष्ट्रियसभाको उप चुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, बिहीबारै भएको राष्ट्रियसभाको उप चुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।
पूर्व माओवादीका बरिष्ठ नेता रहेका बादल गृहमन्त्री पद जोगाउनकै लागि माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।
बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविक रुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमाले जनका लागि खाली भएका छन् ।
सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरू एकैचोटि खाली भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण