हुण्डीको २२ लाख नगदसहित ३ जना पक्राउ
बिहीबार, ०६ जेठ २०७८, १९ : २९
काठमाडौं । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् ।
विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ फेला परेको छ । सो हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अमृत कुमार शाहलाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले ०७७ चैतबाट हुन्डी कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण