बनिरहेको एकताको वातावरण फेरि धुमिल भयो : ईश्वर पोखरेल
राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादल हारेपछि एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल आक्रोशित देखिएका छन् । उनले माधव नेपाल पक्षको भूमिका अत्यन्तै निकृष्ट र अक्षम्य भएको प्रतिक्रिया दिएका छन् । ‘यसखाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विरुद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’
उनले अगाडि भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’
यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा स्पष्ट भएको उनले दावी गरेका छन् । विषम अवस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक रहेको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण