रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ
शनिबार, ०८ जेठ २०७८, १३ : १८
रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।
वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् । वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण