आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

शनिबार, ०८ जेठ २०७८, २२ : ५१
शनिबार, ०८ जेठ २०७८

रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।

जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो । त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप