शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

हृदयेन्द्र शाहले पूरा गरे कक्षा १२ को पढाई, अनलाइनबाटै भए दीक्षित

आइतबार, ०९ जेठ २०७८, १३ : ३०
आइतबार, ०९ जेठ २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । पूर्व नवयुवराज समेत रहेका उनले  काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको परिवार स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । विद्यालयले कोरोना भाइरस संक्रमणका कारण अनलाइनबाटै दीक्षान्त समारोह गरेको छ ।

पूर्व युवराज पारस शाहले हृदयेन्द्र दीक्षित भएको  र उनको शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।  शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ । सानैदेखि काठमाडौंमा पढेका उनले स्नातक तह भने विदेशमा पढ्ने योजना बनाएको पारिवारिक स्रोतको भनाई छ ।

  हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् ।   सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप