कागजातका आधारमा मात्र जाँचपास गरेको पुष्टि, रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बित
सारांश
- विद्युतीय सवारी साधन (ईभी) को भन्सार जाँचपासमा अनियमितता देखिएपछि रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ।
- कर्मचारीहरूले पदीय जिम्मेवारी पूरा नगरेको र कतिपय सवारी साधनहरू भन्सार यार्डमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेको छ।
- यस अनियमित कार्यमा संलग्न पाँच ठुला ईभी आयातकर्ता र एजेन्टमाथि पनि कारबाही प्रक्रिया अघि बढेको छ।
विराटनगर । विद्युतीय सवारी साधन (ईभी)को भन्सार जाँचपासमा अनियमितता देखिएपछि रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ। भन्सार विभागले गठन गरेको अनुगमन टोलीको प्रतिवेदनका आधारमा उनीहरूलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
विद्युतीय सवारी साधनको जाँचपास तथा आयातको सन्दर्भमा सार्वजनिक रूपमा प्रश्नहरू उठेपछि अर्थ मन्त्रालय र भन्सार विभागले विभागका निर्देशकहरूको नेतृत्वमा अनुगमन टोली गठन गरी विस्तृत अध्ययन गराएको थियो।
अनुगमन टोलीको प्रतिवेदन अनुसार रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको जाँचपास गर्ने क्रममा कर्मचारीहरूले पदीय जिम्मेवारी पूरा नगरेको पाइएको छ। टोलीले प्रज्ञापनपत्र र कार्यालयको अभिलेख अध्ययन गर्दा कतिपय सवारी साधनहरू भन्सार यार्डमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको थियो।
यसरी कानुनी प्रक्रिया पूरा नगरी गरिएको जाँचपास कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरिएको विभागले जनाएको छ। यस्तै पाँच ठुला ईभी आयातकर्ता र एजेन्टमाथि कारबाही प्रक्रिया अघि बढेको भन्सार विभागले जनाएको छ ।
यस अनियमित कार्यमा विद्युतीय सवारी साधन आयातकर्ता कम्पनीहरू र भन्सार एजेन्टहरूलाई प्रचलित भन्सार कानुन बमोजिम कारबाही गर्न रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विभागले जनाएको छ ।
आयातकर्ता कम्पनीहरूमा लक्ष्मी ई.मोबिलिटी प्रा.लि., सिमेक्स इंक प्रा.लि., काठमाडौँ, सि.जी. मोटर्स प्रा.लि., ललितपुर, पुजा इन्टरनेशनल नेपाल प्रा.लि., काठमाडौँ र पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि., काठमाडौँ रहेका छन् ।
यसका साथै यस प्रक्रियामा संलग्न एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई समेत प्रचलित कानुन अनुसार कारबाही अघि बढाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
मुस्ताङ भन्सार कार्यालयबाट भएको विद्युतीय सवारी साधनको जाँचपासमा भने कुनै कैफियत फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। मुस्ताङ भन्सार कार्यालयमा खटिएको टोलीले स्थलगत अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन गर्दा जेठ १२ र १३ गते घोषणा भएका कुल ६४९ वटा विद्युतीय सवारी साधनहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र नियमानुसार नै जाँचपास भएको निष्कर्ष निकालेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण